केरा खाइरहेको समयमा तपाईंले गर्नुहुन्न यस्ता गल्ती
काठमाडौँ । सजिलै उपलब्ध हुने अनि सबैभन्दा लाभदायक फल हो केरा । यसमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छन् । प्रचुर मात्रामा फाइबर पाइन्छ, जसले पाचन शक्तिलाई बढाउँछ ।
तर धेरैजसो मानिसले केरा खाँदा ठूलो गल्ती गर्छन्, जसले तपाईंको स्वास्थ्यलाई फाइदाको सट्टा हानि पुर्याउन सक्छ । केरा खाइरहेको समयमा तपाईंले पनि यस्ता गल्ती त गरिरहनुभएको छैन ?
केरा खाएलगत्तै धेर मानिसहरू पानी पिउने गर्छन् । तर यो बानी पूर्णतया गलत हो । हेल्थलाइनको रिपोर्टअनुसार केरा खाएपछि पानी पिउनु हुँदैन किनभने यसले पेटको समस्या बढाउँछ । वास्तवमा केरामा पोटासियम हुन्छ, जसलाई पानीमा मिसाउँदा पाचनसम्बन्धी समस्या हुन सक्छ । यसले पेटमा एसिडको मात्रा बढाउँछ र यसका कारण एसिडिटी, ग्यास र पेट फुल्ने जस्ता समस्या देखिन थाल्छ ।
पानी कतिबेला पिउने ?
केरा खाइसकेपछि करिब आधा घन्टाको अन्तरालपछि मात्रै पानी पिउनुहोस् । केरा खाने सही समयबारे कुरा गर्ने हो भने यसलाई बिहानको नास्तामा खान सकिन्छ । केरा सधैं यस्तो खानासँग खानु पर्छ जसमा बढी प्रोटिन र फ्याट होस् । केरालाई ग्रिक दही जस्ता खानाको साथमा खान सकिन्छ ।
यस्ता छन् केरा खानुका फाइदाहरू
केराले हामीलाई तनावबाट टाढा राख्छ । केरामा पाइने पोटासियमले तनावको हर्माेनलाई नियन्त्रण गर्छ । केरामा प्रचुर मात्रामा क्याल्सियम हुन्छ, जसले हड्डीलाई मजबुत बनाउँछ । यसमा पाइने ‘भिटामिन ए आँखाका लागि फाइदाजनक हुन्छ । भिटामिन सी र पोटासियमले छालामा चमक ल्याउँछ । कोलाजेन उत्पादनको लागि पनि यसलाई राम्रो मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण