लालबकैया नदीमा युवकको शव फेला
शनिबार, १९ असोज २०८१, ०८ : १६
रौतहट । रौतहट कटहरिया नगरपालिका–१ भसेढवा स्थित लालबकैया नदी किनारमा एक युवकको शव फेला परेको छ । शवको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी ४५ वर्षको देखिने पुरुषको शव बालुवामा पुरिएको अवस्थामा फेला परेको हो । शुक्रवार साँझ सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा वेश जंगलशैया र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले उक्त शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।
एसपी हुमागाईँका अनुसार शवको प्रकृति हेर्दा केही दिन अघि नदीमा आएको बाढीले कतैबाट बगाएर ल्याएको हुनसक्ने बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण