सबै भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिन्छौँ : मन्त्री अधिकारी
बुटवल । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहीन, किसान, सुकुम्वासी र बर्षौँदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् ।
सोमबार कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिव पन्ध्र सय परिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले छिट्टै भूमि आयोग गठन गरीने जानकारी दिए ।
मन्त्री अधिकारीले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १० पटना, कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बदगाउ र रुपन्देहीको रोहीनी गाँउपालिकाको गाँउ ब्लक ( मिनाह डिहि) मा बर्षौंदेखि अलपत्र रूपमा बसोबास गरेका परिवारहरूलाई लालपुर्जा वितरण गरेका हुन् ।
लालपुर्जा पाएपछि ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरू खुसी भएका थिए । वर्षौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्ति पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण