धान खेत बालुवाले भरिँदा किसान मर्कामा

सप्तरी । पाक्न लागेको धान बाढीले ध्वस्त गर्यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।
सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न लागेको धानबालीमा बाढीले क्षति गरेपछि दसैँको मुखमा किसानको चिन्ता थपिएको बताए । उनले स्थानीय राय खोलाले बेङ्गरि क्षेत्रमा रहेका धानखेतीमा ठूलो क्षति गरेको बताए ।
'राय खोलाको बाँध भत्किँदा ६० भन्दा बढी किसानको खेतीयोग्य जग्गामा बालुवा भरिएको छ,' उनले भने, 'जसका कारण उनीहरू ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ ।'
उनका अनुसार यहाँका किसानले यो समस्या तीन वर्षदेखि झेल्दै आएका छन् । यसबारे पटक पटक नगरपालिका र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनको भनाइ छ ।
स्थानीय गोसाइ चौधरीले आफ्नो १२ कठ्ठा जग्गा बालुवाले पुरिएको बताए। 'पाँचदेखि छ मनसम्मको उत्पादन हुने खेत बगरमा जस्तै भएको छ । अहिले हामीले खेती गर्न सक्ने अवस्था छैन ।'
यहाँका स्थानीयको आयको प्रमुख स्रोत खेती नै हो । स्थानीय सरकारले यस विषयमा उचित पहल नगरेको कारण किसान निराश बनेको स्थानीय समाजसेवी भोला पासवानले बताए। यस क्षेत्रमा समयमै समस्याको समाधान गर्न नसकिएकाले कृषि क्षेत्रको उत्पादनमा असर परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते