खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा करारमा इन्जिनियर माग
बुधबार, २३ असोज २०८१, ०७ : २७

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत विभिन्न आयोजनाहरूका लागि स्वीकृत अस्थायी दरबन्दीमा रिक्त रहेका २७ वटा इन्जिनियर (नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा आवेदन माग गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लागि खुला प्रतिस्पर्धाबाट सेवा करारमा लिई पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट लोक सेवा आयोगले खुल्ला प्रतियोगिताको लागि निर्धारण गरेको दरखास्त फाराम सहित दरखास्त आव्हान गरिएको हो ।
दरखास्त दिने अन्तिम मिति २०८१ कार्तिक ९ गतेको कार्यालय समयसम्म रहेको छ । शैक्षिक योग्यता र अन्तरवार्ताका आधारमा उम्मेदवार छनौट गरिनेछ । परीक्षा हुने स्थान महाराजगन्जस्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?