खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा करारमा इन्जिनियर माग
बुधबार, २३ असोज २०८१, ०७ : २७
काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत विभिन्न आयोजनाहरूका लागि स्वीकृत अस्थायी दरबन्दीमा रिक्त रहेका २७ वटा इन्जिनियर (नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा आवेदन माग गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लागि खुला प्रतिस्पर्धाबाट सेवा करारमा लिई पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट लोक सेवा आयोगले खुल्ला प्रतियोगिताको लागि निर्धारण गरेको दरखास्त फाराम सहित दरखास्त आव्हान गरिएको हो ।
दरखास्त दिने अन्तिम मिति २०८१ कार्तिक ९ गतेको कार्यालय समयसम्म रहेको छ । शैक्षिक योग्यता र अन्तरवार्ताका आधारमा उम्मेदवार छनौट गरिनेछ । परीक्षा हुने स्थान महाराजगन्जस्थित खानेपानी तथा ढल व्यवस्थापन विभाग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण