घरेलु मैदानमा स्तब्ध भयो इंग्ल्याण्ड
शुक्रबार, २५ असोज २०८१, ०७ : ०३
वेम्ब्ले । इंग्ल्याण्ड यूईएफए नेसन्स लिगमा ग्रिससँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोली घरेलु मैदानमा १–२ गोलले स्तब्ध बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा भानगेलिस पाभलिडिसले ग्रिसलाई खेलमा अग्रता दिलाएका थिए । ८७ औँ मिनेटमा जुड बेलिङहमले गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए ।
तर, पाभलिडिसले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै ग्रिसलाई अप्रत्याशित जित दिलाए । ग्रिसले कूल ५ गोल गरेको थियो । तर, त्यसमध्ये तीनवटा अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
खेलमा अन्तरिम म्यानेजर ली कार्सलेको नयाँ रणनीति असफल देखियो । गेराथ साउथगेटबाट टोलीको नेतृत्वमा सम्हाले यता उनको शत प्रतिशत रेकर्डमा पूर्ण विराम लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण