ब्राजिलको जित, अर्जेन्टिना रोकियो
काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप फुटबल छनोटमा ब्राजिलले चिलीलाई हराउँदा अर्जेन्टिना भने भेनेजुएलासँग बराबरी खेल्न बाध्य भएको छ ।
ब्राजिल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । एडुआर्डो भारगासले गोल गर्दै चिलीलाई अग्रता दिलाए । तर, पहिलो हाफको अन्त्यमा इगोर जिसुसले खेल बराबरी गरे ।
खेल बराबरीतर्फ अग्रसर भइरहँदा लुइस हेनरिकले ८९ औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । जितपछि ब्राजिल छैटौँ स्थानबाट चौथो स्थानमा उक्लिएको छ । ९ खेलबाट टोलीको १३ अङ्क छ ।

उता, अर्जेन्टिना भने भेनेजुएलासँग १–१ को बराबरीमा रोकियो । खेलको १३ औँ मिनेटमा निकोलस ओटामेन्डीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
तर, ६५ औँ मिनेटमा भेटरान स्ट्राइकर सालोमोन रोनडोनले भेनेजुएलाका लागि बराबरी गोल फर्काए । बराबरीका बाबजुद अर्जेन्टिना अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट टोलीको १९ अङ्क छ । भेनेजुएला भने ११ अंकसहित सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण