मध्य बेरुतमा इजरायली आक्रमणमा २२ जनाको मृत्यु
शुक्रबार, २५ असोज २०८१, १५ : ०६

बेरुत । इजरायली सेनाले मध्य बेरुतमा गरेको आक्रमणमा परेर २२ जनाको मृत्यु भएको छ भने अरू ११७ जना घाइते भएका छन् । यो आक्रमणलाई गएको महिना इजरायलले हिजबुल्लाहविरुद्ध आक्रमण सुरु गरे यताकै सबैभन्दा घातक आक्रमण भनिएको छ । सेनाले आवासीय क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।
राजधानीको शिआ बाहुल बाचोउरा क्षेत्रमा भग्नावशेषबाट उद्धारकर्मीहरूले अरू ११७ जनाको उद्धार गरेका छन् । आक्रमण अघि कुनै पनि चेतावनी वा अलर्ट जारी गरिएको थिएन ।
यस मामिलामा इजरायली रक्षा बल (आईडीएफ)ले कुनै पनि टिप्पणी गरेको छैन । मध्य बेरुतमा इजरायलले हवाई हमला गरेको यो तेस्रो पटक भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित