मध्य बेरुतमा इजरायली आक्रमणमा २२ जनाको मृत्यु
शुक्रबार, २५ असोज २०८१, १५ : ०६
बेरुत । इजरायली सेनाले मध्य बेरुतमा गरेको आक्रमणमा परेर २२ जनाको मृत्यु भएको छ भने अरू ११७ जना घाइते भएका छन् । यो आक्रमणलाई गएको महिना इजरायलले हिजबुल्लाहविरुद्ध आक्रमण सुरु गरे यताकै सबैभन्दा घातक आक्रमण भनिएको छ । सेनाले आवासीय क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।
राजधानीको शिआ बाहुल बाचोउरा क्षेत्रमा भग्नावशेषबाट उद्धारकर्मीहरूले अरू ११७ जनाको उद्धार गरेका छन् । आक्रमण अघि कुनै पनि चेतावनी वा अलर्ट जारी गरिएको थिएन ।
यस मामिलामा इजरायली रक्षा बल (आईडीएफ)ले कुनै पनि टिप्पणी गरेको छैन । मध्य बेरुतमा इजरायलले हवाई हमला गरेको यो तेस्रो पटक भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण