फिनल्याण्डमाथि इंग्ल्याण्डको सहज जित
हेलसिंकी । ग्रिससँग वेम्बलेमा बेहोरेको लज्जास्पद हारबाट उठ्दै इंग्ल्याण्डले फिनल्याण्डलाई सजिलै हराएको छ । आइतबार राति भएको यूईएफए नेसन्स लिगको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी बनेको हो ।
खेलको १८ औँ मिनेटमा नै ज्याक ग्रिलिसले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । फिनल्याण्डका स्ट्राकर फ्रेडरिक जेनसेनले पहिलो हाफमा थुप्रै गोल गर्ने अवसर गुमाए । मात्र ६ यार्ड टाढाबाट पनि उनले गोल गर्न सकेनन् ।
७४ औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर अर्नोल्डले टोलीको अग्रता दोब्बर बनाए । १० मिनेटपछि डेक्लन राइसले टोलीका लागि तेस्रो गोल गोल गरे । खेल सकिन ३ मिनेट बाँकी छँदा आर्टु होस्कोकेनले फिनल्याण्डका लागि एक गोल फर्काए पनि त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो ।
लिग बी२ मा रहेको इंग्ल्याण्डको ४ खेलबाट ९ अङ्क रहेको छ । टोली समूहको दोस्रो स्थानमा छ । उता, ४ वटै खेल जित्दै ग्रिस १२ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण