नेदरल्याण्ड्सलाई हराउँदै क्वार्टरफाइनल नजिक जर्मनी
मङ्गलबार, २९ असोज २०८१, ०८ : ०५
म्युनिख । नेदरल्याण्ड्सलाई हराउँदै जर्मनी यूईफए नेसन्स कपको क्वार्टरफाइनल नजिक पुगेको छ । सोमबार राति भएको खेलमा जर्मनी १–० गोलले विजयी बन्यो ।
खेलमा जेमी लेवेलिङले ६४ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि उनले गरेको अर्को गोल अफसाइड भन्दै भीएआरले रद्द गरेको थियो ।
खेलमा डच टोलीले निकै कम अवसर सिर्जना गरेको थियो । टोलीको दुईवटा प्रहार भने क्रसबारमा लागेको थियो ।
समूह ए३ मा जर्मनी ४ खेलबाट १० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड्स र हंगेरी समान ५ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बोस्निया हर्जगोभिना १ अङ्कसहित पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण