चोरीको आरोपमा पक्राउ परेकाको साथबाट नक्कली नोट बरामद
रौतहट । प्रहरीले रौतहटका छुट्टाछुट्टै स्थानबाट नक्कली नोट र लागु औषधसहित एक–एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चोरीको अभियोगमा पक्राउ परेका परोहा नगरपालिका वडा २, जिङगडवा टोल बस्ने १९ वर्षीय अभिषेक कुमार यादवको साथबाट नेपाली नक्कली नोट बरामद भएको हो ।
आइतबार राति अढाई बजेको समयमा परोहा–४, हवारी चोकस्थित इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी भएको थियो । पक्राउ परेका अभिषेक लगायत ३ जनाले चोरी गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको टोलीले आरोपित अभिषेकलाई पक्राउ गरेको थियो । चोरीमा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभिषेकको शरीर खानतलासी गर्दा एक हजार दरको २ थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए ।
त्यस्तै चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीय मनोज राईलाई विभिन्न किसिमका लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
असोज २५ गते दिउँसो अस्थायी प्रहरी पोष्ट बसपार्क, गौरबाट खटिएको प्रहरी टोलीले मनोज राईलाई चेकजाँच गर्दा निजको साथबाट डाईजेपाम ३० एम्पुल, प्रोमेथाजाइन ३० एम्पुल र बुप्रोनाईफाइन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागु औषध बरामद भएको प्रहरी प्रवक्ता रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण