विदेश घुम्न जानेले दुई महिनामै लगे साढे ४३ अर्ब

काठमाडौँ । विदेश घुम्न जानेहरूले मात्रै दुई महिनामा साढे ४३ अर्ब रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भ्रमणबापत नेपालीले ३५ अर्ब ५९ करोड रुपैयाँ विदेश लगेका थिए । यो तुलनामा अहिलेको व्यय २२.२ प्रतिशत बराबर हो । अघिल्लो वर्ष यस्तो वृद्धिदर ७६.५ प्रतिशत रहेकोमा यो वर्ष यस्तो दर भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आयात निर्यात, विप्रेषण, भ्रमणको आय र व्यय, प्रत्यक्ष वैदेशिक लगानी र अन्य ट्रान्सफर समेतलाई आधार मानेर शोधनान्तर स्थितिको अवस्था देखाउने काम गर्छ । चालु आवको दुई महिनामा शोधनान्तर अवस्था १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५५ अर्ब १० करोडले बचतमा रहेको थियो ।
यो अवधिमा चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल