विदेश घुम्न जानेले दुई महिनामै लगे साढे ४३ अर्ब
काठमाडौँ । विदेश घुम्न जानेहरूले मात्रै दुई महिनामा साढे ४३ अर्ब रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भ्रमणबापत नेपालीले ३५ अर्ब ५९ करोड रुपैयाँ विदेश लगेका थिए । यो तुलनामा अहिलेको व्यय २२.२ प्रतिशत बराबर हो । अघिल्लो वर्ष यस्तो वृद्धिदर ७६.५ प्रतिशत रहेकोमा यो वर्ष यस्तो दर भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आयात निर्यात, विप्रेषण, भ्रमणको आय र व्यय, प्रत्यक्ष वैदेशिक लगानी र अन्य ट्रान्सफर समेतलाई आधार मानेर शोधनान्तर स्थितिको अवस्था देखाउने काम गर्छ । चालु आवको दुई महिनामा शोधनान्तर अवस्था १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५५ अर्ब १० करोडले बचतमा रहेको थियो ।
यो अवधिमा चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण