रोकिए रोनाल्डो, जोगियो स्कटल्याण्ड
ह्याम्पडेन पार्क । स्कटल्याण्डले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै यूईएफए नेसन्स लिगमा पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको छ । टोलीले प्रतियोगितामा बटुलेको पहिलो अङ्क पनि हो ।
खेलको सुरुवातमा स्टक म्याकटोमिनीले गोलको सुन्दर अवसर गुमाएका थिए । त्यसपछि भने खेलमा पोर्चुगलले नियन्त्रण बनायो ।
पोर्चुगलका लागि २ सयौँ खेल खेलिरहेका क्रिस्टियानो रोनाल्डोलाई स्कटल्याण्डलाई गोलकिपर क्रेग गोर्डन र डिफेन्सले १ सय ३४ औँ गोल गर्नबाट रोकेका थिए । उनले विपक्षीको पोस्टमा चारवटा प्रहार गरे ।
योसँगै स्टिभ क्लार्कको टोली लगातार पाँच खेल हार्ने पहिलो स्कटिस टोली हुनबाट जोगिएको छ । स्कटल्याण्डले पछिल्ला १६ मध्ये एक खेल मात्र जितेको छ ।
समूह ए१ कै अन्य खेलमा क्रोएसिया र पोल्याण्डले पनि ३–३ गोलको बराबरी खेलेका छन् । ४ खेलपछि पोर्चुगल १० अङ्कसहित शीर्ष स्थानमा रहेको छ । क्रोएसिया ७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
४ अङ्क बटुलेको पोल्याण्ड तेस्रो स्थानमा छ भने पुछारमा रहेको स्कटल्याण्डको १ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण