सहज जितसँगै स्पेन क्वार्टरफाइनलमा
कोरडोबा । सर्बियामाथि सहज जित हासिल गर्दै युरोपियन च्याम्पियन स्पेन यूईफए नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा स्पेन ३–० गोलले विजयी बन्यो ।
डेनमार्कविरुद्धको पछिल्लो खेलमा चोटग्रस्त बनेका युवा खेलाडी लामिन यामाल बिना मैदान उत्रेको स्पेनका लागि खेलको पाँचौँ मिनेटमा नै एमरिक लापोर्टेले गोल गरे ।
स्पेनले खेलका पूर्ण नियन्त्रण बनाउँदै विपक्षीको पोस्टमा ३० वटा प्रहार गरेको थियो । यसमा अल्भारो मोराटाले गोल गर्नबाट चुकेको पेनाल्टी पनि समावेश छ ।
यद्यपि, मोराटाले ६५ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७६ औँ मिनेटमा स्ट्राहिन्हा पाभ्लोविचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा सीमित बन्यो । त्यसमा पाएको फ्रिकिकबाट एलेक्स बएनाले टोलीका लागि तेस्रो गोल गरे ।
स्पेन पछिल्ला १४ खेलमा अपराजित रहेको छ । जितसँगै टोली समूह ए४ बाट दुई खेल बाँकी छँदै अर्को चरणमा प्रवेश गरेको छ । उता, डेनमार्क र स्विटजरल्याण्डले २–२ गोलको बराबरी खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण