करेला खाँदा तितो, फाइदा मिठो
बुधबार, ३० असोज २०८१, १५ : २०
काठमाडौँ । करेलाको सेवनले मानिसलाई धेरै प्रकारका रोगहरूबाट बचाउन सक्छ । यो शरीरलाई डिटोक्सिफाई गर्न पनि धेरै फाइदाजनक साबित हुन सक्छ। तर, केही मानिसहरूले भने करेलाको कम उपभोग गर्नुपर्छ। यसमा शरीरमा चिनीको मात्रा कम भएका, ग्यास्ट्राइटिस, कलेजो र मिर्गौला रोग भएकाहरू पर्छन् ।
करेलामा अल्फा लाइपोलिक एसिड हुन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै यसमा फाइबर पनि राम्रो मात्रामा पाइन्छ । करेलालाई काँचै वा यसको जुस निकालेर पनि पिउन सकिन्छ।
यसबाट मधुमेह नियन्त्रण गर्न सकिन्छ । यसबाहेक करेलामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।
करेलामा भिटामिन सी र भिटामिन ए पनि हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो उच्च मधुमेहका रोगीहरूको लागि धेरै उपयोगी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण