सिधा कुरा प्रकरण : दोषी ठहर भएका तिमल्सिनाले धम्की दिएको भन्दै सर्वोच्चका सहप्रवक्ताले मागे सुरक्षा
काठमाडौँ । अदालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार अज्ञात नम्बरबाट फोन गरेर धम्की दिएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षा माग गरेका छन्।
सिधा कुरा प्रकरणमा विवादित अडिओमा घिमिरेले अदालतको अवहेलना मुद्दा अघि बढाउने प्रयोजनका लागि प्रतिवेदन उठाएका थिए। सोही विषयलाई आधार बनाएर भारतीय नम्बरबाट फोन गरेर धम्की दिएको घिमिरेले बताए।
अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेबापत सिधा कुरा डट कमका दुई पत्रकार एक साता कैद बसिसकेका छन् भने तिमल्सिना फरार छन्। दुई पत्रकारलाई सर्त सहित ३ महिनाको कैद सजाय भएको थियो भने तिमल्सिनालाई सर्त विना ६ महिना सुनाइएको थियो।
सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले सुनाएको फैसलामा आफूलाई पक्राउ गर्न सक्ने भन्दै उनी फरार छन्। उनले फेक अडियो बनाएको ठहर गर्दै माफी माग्ने अवसर पनि दिइएको छैन। रकम तिरेर कैदबाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले असोज १३ गते फैसला सुनाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण