आफ्नै फिल्मको कार्यक्रम किन गएनन् प्रकाश सपुत ?
काठमाडौँ । कलाकारलाई आफ्नो फिल्मको प्रमोसनको सधैँ प्रतीक्षा रहन्छ । किनभने कार्यक्रमले उनीहरूलाई मिडियाको अगाडी उभ्याउँछ । जसका माध्यमबाट उनीहरू सर्वसाधारणसम्म पुग्न सफल हुन्छन् ।
तर, कलाकार प्रकाश सपुत भने आफू अभिनीत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को कार्यक्रम देखिएनन् । पछिल्लो समय ‘पूर्णबहादुरको सारङ्गी’ युनिटसँग प्रकाशको असन्तुष्टि बढेको हल्ला बाहिर छ । बिहीबार आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा प्रकाशको अनुपस्थितले उक्त हल्लालाई बल पुगेको छ ।
फिल्मको मुख्य भूमिकामा अभिनय गरेका प्रकाशको अनुपस्थितिले मिडियाकर्मीको मनमा अनेक प्रश्न उब्जिनु स्वाभाविक हो । एक मिडियाकर्मीले निर्माण युनिटलाई प्रश्न समेत गरे, ‘कार्यक्रममा किन सहभागी भएनन् प्रकाश सपुत ?’
फिल्मका निर्देशक सरोज पौडेल प्रकाशको व्यस्तताका कारण उपस्थित हुन नसकेको जानकारी दिए । उनले कार्यक्रमको बारेमा प्रकाशलाई जानकारी दिन सम्पर्क पनि नभएको र उनी व्यस्तताका कारण नआएको बताए ।
‘फिल्म अभिनय गरेपछि त्यसको प्रचार प्रसारमा साथ दिनु कलाकारको दायित्व हो’, निर्देशक पौडेलले भने ‘प्रकाश जतिको कलाकारले साथ दिनुहुन्छ भन्ने विश्वास छ ।’
प्रकाश अहिले फिल्म ‘वसन्त’ को निर्देशन र अभिनयमा व्यस्त छन् । बुझिए अनुसार फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ वसन्तभन्दा पछि रिलिज गर्ने सहमतिमा प्रकाशले अभिनय गरेका थिए । अहिले वसन्त अगाडि ‘पूर्णबहादुरको सारङ्गी’ रिलिज गर्न लागेको कारण प्रकाशको फिल्म युनिटसँग मनमुटाब बढेको हो ।
निर्माण पक्ष भने यो प्रकाशसँग कुरा गरेरै फिल्म रिलिजमा ल्याउन लागिएको बताउँछ । यस विषयमा प्रकाश सपुतसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाशको अलावा विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । सरोज पौडेल निर्देशित फिल्म विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माण गर्नुभएको हो । यो फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण