जनार्दन र घनश्यामबिच भेटवार्ता, के भयो कुराकानी ?
बिहीबार, ०१ कात्तिक २०८१, १६ : ३५
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबिच भेटवार्ता भएको छ ।
दुई नेताबिच बिहीबार करिब एक घण्टा भएको छलफलमा कम्युनिस्ट पार्टीबिचको सहकार्य, एकता, आन्दोलन, पछिल्लो देशको अवस्था तथा राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।
उनीहरूबिच कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउन सकिने उपायका बारेमा समेत कुराकानी भएको बताइएको छ ।
‘समाजवादी क्रान्तिको नेतृत्व सबै कम्युनिस्ट पार्टी एकताबद्ध गर्दा मात्र सम्भव छ, यसका लागि आआफ्नो ठाउँबाट योगदान गर्न सकिन्छ भन्नेमा दुवै नेता सहमत हुनुहुन्छ’, भुसाल निकट एक नेताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण