छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराएको छ । म्याद थप गर्ने प्रयोजनका लागि उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोप लागेका उनी असोज ६ गते पक्राउ परेका थिए । उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान लिइएको अनुसन्धानमा संलग्न कास्कीका एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
बयानमा जोशीले आफ्नो डिफेन्स गरेका छन् । सहकारीको रकम गितेन्द्रबावु राईले गोर्खा मिडियामा ल्याएको जोशीले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘सहकारीबाट ल्याएको रकम मैले एक रुपैयाँ पनि खर्च गरिनँ ।’
सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीवी, पूर्वगृहमन्त्री रवि लामिछाने र जोशी मिलेर गोर्खा मिडिया नेटवर्क स्थापना गरेका थिए । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
जोशी रवि लामिछानेबारे मौन देखिएका छन् । उनीबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले अदालतबाट थप म्याद लिने तयारी प्रहरीले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण