केनको ह्याट्रिकमा बायर्नको जित
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले स्टुटगार्टमाथि शानदार जित हात पारेको छ । शनिबार भएको बुन्डेस लिगा अन्तरगतको खेलमा बायर्न ४–० गोलले विजयी बन्यो ।
योसँगै सबै प्रतियोगितामा टोलीको तीन खेलको जीतविहीन शृङ्खला पनि अन्त्य भएको छ । टोलीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।
५७ औँ मिनेटमा र ६० औँ मिनेटमा तीन मिनेटको अन्तरमा केनले दुई गोल गरेका थिए । ८० औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । खेलको अन्त्यमा किंग्सले कोमानले अर्को गोल थपेका थिए ।
शनिबार नै भएका अन्य खेलमा साबिक विजेता बायन लेभरकुजनले इनट्राक्ट फ्रांकफर्टलाई २–१ गोलले पराजित गरेको छ । त्यस्तै, आरबी लेइपजिगले माइन्जलाई २–० गोलले हरायो ।
७ खेलपछि बायर्न १७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लेइपजित समान अङ्क भए पनि दोस्रो स्थानमा छ । लेभरकुजन भने १४ अङ्कसहित चौथो स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण