मुजफ्फरपुरको एक विद्यालयमा विद्यार्थीबिचको झगडा हुँदा एक विद्यार्थीको मृत्यु
आइतबार, ०४ कात्तिक २०८१, ११ : २७
बिहार । भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लाको एक उच्च विद्यालयमा विद्यार्थीहरूको दुई समूहबिच झगडा हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । घटनाको जानकारी दिँदै मुजफ्फरपुर ग्रामीण पुलिस अधिक्षक विद्यासागरले समाचार एजेन्सी पीटीआईलाई भने– ‘यो तुरकी हाई स्कुलको मामिला हो । यहाँ कक्षा ११ मा पढ्ने दुई केटाहरूबिच झगडा भएको थियो ।’
‘यो झगडा कक्षाभित्रै भइरहेको थियो । एकातिर मृतक सौरभकुमार र उनका साथीहरू थिए’ जिल्लाका एसपीले भने । झगडाको अर्कोतर्फ उनका साथी प्रह्लाद कुमार भएको र झगडाको क्रममा ओमप्रकाश कुमारले सौरभ कुमारलाई बाँसले हानेको बताइएको छ ।
यसक्रममा उनको टाउकोमा चोट लाग्यो र पछि उनको मृत्यु भयो । दुवैबिच सानातिना कुरालाई लिएर झगडा भएको थियो । दुवै पक्षले कुटपिटको मुद्दामा एफआइआर दायर गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण