कर्णालीका मुख्यमन्त्री कँडेल निस्किए जिल्ला भ्रमणमा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल जिल्ला भ्रमणमा निस्किएका छन् । आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरबाट जाजरकोटतर्फ लागेका कँडेल अबको तीन दिन जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरु जाजरकोट, रुकुम पश्चिम र सल्यानको भ्रमण गर्ने बताइएको छ ।
प्रदेश सरकारबाट जिल्लाहरुमा विनियोजित बजेट कार्यान्वयनको अवस्था बुझ्न जिल्ला भ्रमण निस्किएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुर्यमणि गौतमले जानकारी दिए । प्रदेश सरकारको नीति कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था र चुनौती, भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाण, सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या लगायतका विषयमा स्थानीयस्तरमै छलफल गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।
जिल्लाहरुमा स्थानीय जनप्रतिनिधि, राजनितिक दल, सरोकारवाला कार्यालयका प्रमुखहरूलगायत सम्बद्व पक्षहरूसँग छलफल तथा अन्तरक्रिया हुनेछ । आइतबार जाजरकोट सदरमुकाम खलङ्गामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
भ्रमणका क्रममा विकासे आयोजनाहरुको अनुगमन पनि गरिने गौतमले बताए । ‘तीनवटै जिल्लामा सर्वदलीय बैठक हुन्छ,’उनले भने, ‘स्थानीयसँग अन्तरक्रिया र जिल्लामा रहेका प्रदेश कार्यालयहरुका कार्यालय प्रमुखहरुसँग पनि छलफल हुन्छ ।’
कार्तिक ७ गते जिल्ला भ्रमण सकेर वीरेन्द्रनगर फर्किने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण