नेसपाको प्रथम विधान अधिवेशन आजदेखि पोखरामा

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजबाट सुरु हुँदैछ । पोखराको सभाहलमा मध्यान्ह १२ बजेदेखि अधिवेशन सुरु हुने नेतृ मानुषी यमीले जानकारी दिइन् । पहिलो सत्रमा उद्घाटन कार्यक्रम रहेको छ ।
दोस्रो सत्रमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले विधान मस्यौदा पेस गर्ने कार्यसूची रहेको छ । समूहगत छलफल सकिएपछि मङ्गलवार निष्कर्ष सुनाउने कार्यसूची रहेको छ । बन्दसत्रबाट आएका प्रश्नको जवाफ दिएपछि अधिवेशन सम्पन्न हुने यमीले बताइन् । गत चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा भट्टराईलाई छलेर अर्का अध्यक्ष महिन्द्र राय यादवले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन भएको थियो ।
चैत ५ र ६ गते बसेको भट्टराई समूहको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता भङ्ग गरी माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशनमा देशभरबाट पाँच सय प्रतिनिधि सहभागी भएको यमीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने