नेसपाको प्रथम विधान अधिवेशन आजदेखि पोखरामा
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजबाट सुरु हुँदैछ । पोखराको सभाहलमा मध्यान्ह १२ बजेदेखि अधिवेशन सुरु हुने नेतृ मानुषी यमीले जानकारी दिइन् । पहिलो सत्रमा उद्घाटन कार्यक्रम रहेको छ ।
दोस्रो सत्रमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले विधान मस्यौदा पेस गर्ने कार्यसूची रहेको छ । समूहगत छलफल सकिएपछि मङ्गलवार निष्कर्ष सुनाउने कार्यसूची रहेको छ । बन्दसत्रबाट आएका प्रश्नको जवाफ दिएपछि अधिवेशन सम्पन्न हुने यमीले बताइन् । गत चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा भट्टराईलाई छलेर अर्का अध्यक्ष महिन्द्र राय यादवले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन भएको थियो ।
चैत ५ र ६ गते बसेको भट्टराई समूहको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता भङ्ग गरी माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशनमा देशभरबाट पाँच सय प्रतिनिधि सहभागी भएको यमीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण