दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको पहिलो पालीमा बंगलादेश निरीह
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली बंगलादेशले निराशाजनक प्रदर्शन गरेको छ । मिरपुरमा जारी पहिलो टेस्टको पहिलो दिन बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै अलआउट भयो ।
बंगलादेशी टोली पहिलो पालीमा ४०.१ ओभरमात्र क्रिजमा टिक्न सक्यो । बंगलादेशले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । घरेलु टोलीका ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर महमदुल हसन जोय ३० रन बनाउँदै आउट भए । उनले ९७ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।
अर्का ओपनर सादमन इस्लामले भने खाता पनि खोल्न सकेनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मोमिनुल हक चार रनमै पेभेलियन फर्किए भने कप्तानसमेत रहेका चौथो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तो पनि सात रनमै आउट भए ।
मुसफिकर रहिमले टोलीको खातामा ११ रन थपे । विकेटकिपर ब्याट्सम्यान लिटन दास भने एक रनमै पेभेलियन फर्किए । मेहदी हसन मिराजले टोलीका लागि १३ रनको योगदान गरे । जकेर अली पनि दुई रनमै आउट भए ।
यसैगरी, तल्लो क्रमका ब्याट्सम्यान नइम हसनले आठ र तैजुल इस्लामले १६ रन बटुले । हसन महमुद चार रनमा अविजित रहे । दक्षिण अफ्रिकाका बलर विआन मल्डर, कागिसो राबडा र केशव महाराजले ती–तीन विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण