जाजरकोटका राजनीतिक दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र
सोमबार, ०५ कात्तिक २०८१, १३ : २४
जाजरकोट। जाजरकोटका राजनीतिक दलहरुले कर्णलीका मुख्यन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प प्रभावित जिल्लाहरुको अनुगमनका निस्किएका मुख्यमन्त्री कँडेललाई सोमबार जिल्ला स्थित दलहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
जसमा भूकम्पपछिको पुनर्निमाण, सहुलियत कर्जा उपलब्ध गराउन पहल गरिदिनेदेखि मध्यपहाडी राजमार्गको मन्ताभीर खण्डको निमार्ण कार्य नभएको विषयहरु समेटिएको छ । दलहरुले जिल्ला अस्पताल जाजरकोटलाई विशेषज्ञ सेवा सहितको सेवा सञ्चालनका लागि आवाश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
यस्तै जाजरकोट जिल्लाका विभिन्न ठाउँमा रहेका काईननाईट, टुरमालीन जस्ता बहुमुल्य पत्थर खानी, बारेकोटको फलामखानी उत्खनन् तथा प्रशोधनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरिदिन आग्रह गरेको छ ।
-यस्ता छन् १० बुँदा
_s2XQK9wRBu.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण