नवीन न्यौपाने राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रमुख प्रशिक्षकमा नियुक्त
सोमबार, ०५ कात्तिक २०८१, १४ : ०४
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घले नवीन न्यौपानेलाई पुरुष सिनियर राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । नवीनलाई अन्तरिम प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको जानकारी एन्फाले सोमबार सार्वजनिक गरेको हो ।
विगत केही समयदेखि राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक पद रिक्त रहँदै आएको थियो । नवीन आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी हुन् । उनले विभिन्न क्लबहरूमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
कुनै समय उनले त्रिभुवन आर्मी क्लबमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले डिफेन्डरको भूमिकामा करिब आधा दशक राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले सक्रिय खेल जीवनमा मनाङ मर्स्याङ्दी, एनआरटी, हिमालयन शेर्पालगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण