अन्तिम अवस्थामा मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौँ । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो ।
‘मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे बोलाइएको थियो तर अहिले स्थगित भएको खबर आएको छ’, एक मन्त्रीले भने, ‘कारण खुलाइएको छैन ।’ आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो । आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने मन्त्रीले बताए ।
संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा जान नहुने अडान राखेपछि ओलीको उक्त योजना तत्काललाई असफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण