बंगलादेशविरुद्ध दक्षिण अफ्रिकालाई ३४ रनको अग्रता, एकै दिन १६ विकेट खस्यो
काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन सोमबार दक्षिण अफ्रिकाले पहिलो पालीमा ३४ रनको अग्रता हासिल गरेको छ । अपर्याप्त प्रकाशका कारण पहिलो दिनको खेल निर्धारित समयभन्दा अगावै स्थगित हुँदा दक्षिण अफ्रिकाले आफ्नो पहिलो पालीमा ६ विकेट गुमाएर एक सय ४० रन बनाएको छ ।
दक्षिण अफ्रिकाका लागि विकेटकिपर ब्याट्सम्यान कायले भेरिन अविजित १८ र पिटर विलेम मल्डर अविजित १७ रन बनाउँदै क्रिजमा छन् । पहिलो दिन दुबै टोलीको गरेर कुल १६ विकेट खस्यो । दक्षिण अफ्रिकाका कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान मारक्रम ६ रनमा आउट भए भने अर्का ओपनर टोनी जर्जीले ३० रन बनाए । ट्रिस्टन स्टब्सले पनि टोलीको खातामा २३ रन थपे ।
डेभिड बेडिङ्घम ११ र रायन रिकेल्टन २७ रनमा पेभेलियन फर्किए । बंगलादेशका बलर तैजुल इस्लामले पाँच विकेट लिए । उनले १५ ओभरमा दुई मेडन राख्दै ४९ रन खर्चिए । हसन महमुदले पनि एक विकेट हात पारे । दक्षिण अफ्रिकाले आठ रन अतिरिक्त रुपमा पाएको छ । मिरपुरमा जारी पहिलो टेस्टको पहिलो दिन दुबै टोलीका ब्याट्सम्यानहरु निरीह देखिए ।
त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै अलआउट भएको थियो । बंगलादेशी ब्याट्सम्यानहरु पनि निरीह बनेका थिए । बंगलादेशी टोली पहिलो पालीमा ४०.१ ओभरमात्र क्रिजमा टिक्न सक्यो । घरेलु टोलीका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर महमदुल हसन जोय ३० रन बनाउँदै आउट भए ।
अर्का ओपनर सादमन इस्लामले भने खाता पनि खोल्न सकेनन् । मोमिनुल हक चार रनमै पेभेलियन फर्किए भने कप्तानसमेत रहेका नजमुल होसैन सान्तो पनि सात रनमै आउट भए । मुसफिकर रहिमले टोलीको खातामा ११ रन थपे । विकेटकिपर ब्याट्सम्यान लिटन दास भने एक रनमै पेभेलियन फर्किए । मेहदी हसन मिराजले टोलीका लागि १३ रनको योगदान गरे ।
जकेर अली पनि दुई रनमै आउट भए । तल्लो क्रमका ब्याट्सम्यान नइम हसनले आठ र तैजुल इस्लामले १६ रन बटुले । हसन महमुद चार रनमा अविजित रहे । दक्षिण अफ्रिकाका बलर विआन मल्डर, कागिसो राबडा र केशव महाराजले ती–तीन विकेट लिए । यो खेलमा कागिसो राबडाले एउटा गजबको कीर्तिमान पनि बनाए ।
२९ वर्षीय यी तिब्रगतिका बलर टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम बल फालेर तीन सय विकेट पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । कागिसो राबडाले पाकिस्तानका पूर्वबलर वकार युनिसको कीर्तिमान तोडेका हुन् । कागिसो राबडाले ११ हजार आठ सय १७ बलमा तीन सय विकेटको कोशेढुंगा पुरा गरेका हुन् ।
यसअघि यो कीर्तिमान वकार युनिसको नाममा थियो । वकार युनिसले १२ हजार ६ सय दुई बलमा तीन सय विकेट पुरा गरेका थिए । यो सूचिमा तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाकै पूर्वबलर डेल स्टेनले १२ हजार ६ सय पाँच बलमा तीन सय विकेट लिएका थिए ।
यो सूचिमा चौथो स्थानमा रहेका दक्षिण अफ्रिकाकै एलन डोनाल्डले भने १३ हजार ६ सय ७२ बलमा यस्तो उपलब्धि हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026