पार्टीको नाम परिवर्तन गर्ने बाबुराम भट्टराई नेतृत्वको नेसपाको निर्णय
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले जानकारी दिइन् ।
यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै पार्टीको झन्डा र चुनाव चिन्ह आँखा राख्ने र केन्द्रीय कमिटी ९९ सदस्यीय हुने निर्णय गरेको छ । यस्तै पदाधिकारी ११ सदस्यीय हुनेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी, १ खस आर्य, १ दलित), १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष हुने छन् ।
अधिवेशनले सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित गर्ने र पार्टीमा युवा प्रतिनिधित्व बढाउने निर्णय पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण