समाचार
भिस्तारा एयरमा बमको हल्लापछि सर्च गर्दै सुरक्षा निकाय, विमानस्थल सञ्चालनमा
मङ्गलबार, ०६ कात्तिक २०८१, १७ : ३८
काठमाडौँ । भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् ।
दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी आएपछि आफू त्यसतर्फ गइरहेको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन् । उनले भनिन्, ‘बम रहेको सूचना सुनेपछि म त्यसतर्फ जाँदैछु । सुरक्षा निकाय परिचालन भएका छन् ।’ विमानमा रहेका सबै यात्रु ओरालिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने विमान पार्किङ वेमा रहेकाले उडान–अवतरण नियमित रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण