१० खेलाडीमा सीमित युभेन्ट्स स्तब्ध
बुधबार, ०७ कात्तिक २०८१, ०८ : ५८
टुरिन । इटालियन महारथी युभेन्टस च्याम्पियन्स लिगमा आफ्नै घरेलु मैदानमा पराजित भएको छ । १० खेलाडीमा सीमित बनेको टोली स्टुटगार्टसँग ०–१ गोलले स्तब्ध बनेको हो ।
सब्सटिट्युट एल बिलाल टुरेले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै युभेन्टसको शत प्रतिशत सुरुवातमा पूर्णविराम लगाए । प्रतियोगितामा स्टुटगार्टको यो पहिलो जित पनि थियो ।
यसअघि पाहुना टोलीका लागि डेनिज उन्डावको गोल विवादास्पद रूपमा रद्द गरिएको थियो । ८४ औँ मिनेटमा ड्यानिलोले एन्टोनी रोअल्टलाई फल हानेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेको थियो ।
फलका लागि स्टुटगार्टले पेनाल्टी पनि पाएको थियो । तर, इन्जो मिलोटको प्रहारलाई युभेका गोलकिपर माटिया पेरिनले जोगाएका थिए ।
अब स्टुटगार्टले नोभेम्बर ६ मा एटलान्टाको आतिथ्य गर्नेछ भने त्यसको एक दिनअघि युभेन्टसले लिलसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण