दिल्लीका कयौँ क्षेत्रमा खतराको स्तरमा पुग्यो वायु प्रदूषण
नयाँदिल्ली । बुधबार भारतको राजधानी दिल्लीका कयौँ क्षेत्रमा वायु प्रदूषणको स्तर लगातार खतरनाक स्तरमा पुगेको छ । बिहानै यसको प्रभाव धेरै क्षेत्रमा प्रस्ट देखिन थालेपछि मानिसलाई आँखामा जलन हुनुका साथै सास फेर्न गाह्रो भएको थियो । बिहान १० बजे आनन्द बिहारमा एक्युआई ४०६ सम्म पुगेको केन्द्रीय प्रदूषण बोर्ड अर्थात् सीपीसीबीले भनेको छ ।
दिल्लीको व्यस्त क्षेत्र यो ३६७ रेकर्ड भएको थियो । रोहिणीमा राति १० बजे वायु प्रदूषणको स्तर निकै खतरनाक स्तरमा पुगेको छ, उक्त क्षेत्रमा एक्युआई ३९४ रेकर्ड गरिएको छ ।
सीपीसीबीका अनुसार, एक्यूआई ४०० माथि उक्लिनु गम्भीर मानिन्छ । यसले स्वस्थ मानिसहरूलाई पनि असर गर्छ र कुनै पनि रोग भएकाहरूलाई त झन् गम्भीर असर गर्छ । एक्यूआई ३०० देखि ४०० को बीचमा भएको स्थानमा धेरै बेरसम्म बस्दा मान्छेलाई श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण