मुख्यमन्त्री लामाद्वारा नीति आयोगका उपाध्यक्ष नेपालसँग करार सम्झौता
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नीति तथा योजना आयोगसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले बुधवार आयोगका उपाध्यक्ष गङ्गादत्त नेपालसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।
मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमहरूको कार्य सम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन आयोगका उपाध्यक्ष नेपालसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ बमोजिम कार्यसम्पादन करार सम्झौता गरिएको हो ।
सम्झौता अनुसार आयोगले वार्षिक स्वीकृत कार्यक्रम सहित प्रभावकारी र उपलब्धिमूलक नयाँ तथा फरक शैलीको कार्यक्रम पनि गर्न निर्देशन गरिएको छ ।
गत ९ गते सरकारको नेतृत्व गरेका मुख्यमन्त्री लामाले गत भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण