सिनेमा हलमा प्याकेटको वस्तु एमआरपीमै बेच्नुपर्ने
बुधबार, ०७ कात्तिक २०८१, १६ : २०

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हलभित्र खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल एमआरपी (अधिकतम् खुद्रा मूल्य) भन्दा बढीमा बिक्री गर्न नपाइने जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्र्दै देशभरका सिनेमा हलमा पानीको बोटललगायत अन्य पेय पदार्थ तथा प्याकेटको वस्तु एमआरपीमै बेच्नुपर्ने जनाएको हो ।
यो निर्णय गर्नुअघि नेपाल चलचित्र संघसँग छलफल गरिएको विभागका प्रवक्ता डिकबहादुर कार्कीले जानकारी दिए ।
विभागले प्याकेट वा बोटलमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइए कानुन बमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंविरूद्ध कुनकुन कसूर र सजायको मागदावी लिइयो ?
-
ग्लोबल आइएमई बैङ्कद्वारा यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक
-
रवीन्द्र मिश्रको बयान : अश्रुग्याँसले पोलेको सुरमा अनियोजित र आवेगमा मन्तव्य दिएको हुँ
-
आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्यो राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुरोध
-
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता
-
न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै