सिनेमा हलमा प्याकेटको वस्तु एमआरपीमै बेच्नुपर्ने
बुधबार, ०७ कात्तिक २०८१, १६ : २०
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हलभित्र खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल एमआरपी (अधिकतम् खुद्रा मूल्य) भन्दा बढीमा बिक्री गर्न नपाइने जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्र्दै देशभरका सिनेमा हलमा पानीको बोटललगायत अन्य पेय पदार्थ तथा प्याकेटको वस्तु एमआरपीमै बेच्नुपर्ने जनाएको हो ।
यो निर्णय गर्नुअघि नेपाल चलचित्र संघसँग छलफल गरिएको विभागका प्रवक्ता डिकबहादुर कार्कीले जानकारी दिए ।
विभागले प्याकेट वा बोटलमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइए कानुन बमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण