प्रदेश सरकार
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
बिहीबार, ०८ कात्तिक २०८१, ०८ : ५९

बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण भएको छ । तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गराएका हुन् ।
बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन्।
शपथ लिएका मध्य तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन्।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू
-
विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?