इजरायलले गरेको आक्रमणमा दक्षिणी लेबनानमा १९ जनाको मृत्यु
बेरुत । इजरायलले दक्षिण लेबनानको तेफाहतामा मंगलबार एउटा तीन तले घरमा गरेको आक्रमणमा परेर कम्तीमा १९ जनाको मृत्यु भएको छ । मर्नेमा ६ जना महिला र पाँच बालबालिकासमेत रहेको स्थानीय अधिकारीले बताएका छन् । साउद हमाउदले बीबीसीलाई बताएअनुसार मृत्यु हुनेमा विद्यालयमा पूर्व प्रधानाध्यापक अहमद एजेदिन र उनको परिवारका तीन पुस्ता पनि परेको बताइएको छ ।
मृत्यु हुनेमा एजेदिनकी श्रीमती, बहिनी, छोरीहरू, बुहारी, ज्वाइँ र नाति नातिना समेत छन् । आक्रमणमा परेर उक्त घर नजिकैबाट हिँडिरहेका गाउँका इमाम शेख अब्दो आबो रायाको पनि मृत्यु भएको छ । यस घटनाबारे इजरायली सेनाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।
तर सेनाले बारम्बार सर्वसाधारणलाई सकेसम्म कम क्षति पुर्याउने उपायहरू अपनाउने चाहिँ भनिरहेको छ । गएको चार हप्तायता इजरायली सेनाले लेबनानमा हजारौँ हवाई हमला गरिसकेको छ । आफ्ना सबै आक्रमण त्यहाँ रहेको इरानसमर्थित सशस्त्र समूह हिजबुल्लाहको सञ्चालन, पूर्वाधार र हतियारलाई लक्षित भएको सेनाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण