साफ महिला च्याम्पियनसिप
नेपाल–भारतबिचको खेल पहिलो हाफ बराबरीमा रोकियो
आइतबार, ११ कात्तिक २०८१, १९ : २४
_S9frripwoE.jpg)
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल–भारतको खेल पहिलो हाफ बराबरीमा रोकिएको छ । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न नसकेपछि बराबरीमा रोकिएको हो ।
खेल हेर्न रंगशालामा दर्शकको भरिभराउ रहेको छ । सेमिफाइनलमा जित्ने टोली फाइनलमा प्रवेश गर्ने छ । नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ ।