रोहित शतकबाट चुके, नेपाल जितबाट
डालास । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल अमेरिकासँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएको छ । स्थानीय समयअनुसार आइतबार भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल अगावै पछ्यायो । अमेरिकाको जितमा सायान जहांगिरले शतकीय इनिङ्स खेले । उनले मात्र ९७ बलमा १ सय ४ रन बनाए । यस क्रममा उनले १२ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, कप्तान मोनांक पटेल र हरमित सिंहले अर्धशतक बनाए । पटेलले ६२ रन तथा सिंहले ५७ रनको योगदान दिए । खेलको अन्त्यतिर साड्ले भान स्कालवाकले ३७ बलमा २९ रन बनाउँदै टोलीलाई जितसम्म डोर्याए ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दै मात्र २३ रन खर्चिए । त्यस्तै, सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए ।
यसअघि, कप्तान रोहित पौडेल शतकबाट मात्र ४ रनले चुक्दा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो । पौडेलले ७५ बलमा ९६ रन बनाए । उनले ८ चौका र ३ छक्का हिर्काए ।

खेलमा नेपाललाई दुई ओपनरले राम्रो सुरुवात दिलाएका थिए । अनिल साह र आसिफ शेख दुवैले अर्धशतकीय इनिङ्स खेले । साहले ६२ बलमा ५६ तथा शेखले ५३ बलमा ५२ रन जोडे ।
त्यस्तै, आरिफ शेखले ३७ रन, दीपेन्द्र सिंह ऐरी १३ रन तथा कुशल भुर्तेले ११ रनको योगदान दिए ।

अमेरिकाका लागि नोसथुस केजिंगेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, सौरभ नेत्रभाल्करले २ तथा साड्ले भान स्कालवाक, जसदीप सिंह र हरमित सिंहले १–१ विकेट लिए ।
अब नेपालले अर्को खेलमा स्कटल्याण्डको समाना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण