क्रान्तिकारी कम्युनिस्ट पार्टीमा महासचिव हुने कि अध्यक्ष हुने विषय महाधिवेशनले टुङ्ग्याउने
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले सङ्गठनात्मक मोडालिटी सम्बन्धमा महाधिवेशनबाट नै टुङ्गो लगाउने भएको छ । मङ्सिरको दोस्रो हप्ताबाट काठमाडौँमा हुन लागेको एकता महाधिवेशनले महासचिवमा जाने कि अध्यक्षको मोडालिटीमा जाने भन्ने विषय महाधिवेशनले टुङ्गो लगाउने नेता हुकुम सिंहले बताए ।
महाधिवेशनको तयारीबारे सोमबार रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘पार्टीको सङ्गठनात्मक प्रणाली महासचिव हुने कि अध्यक्ष हुने विषयमा अहिले निष्कर्षमा पुगेका छैनौ । कुन प्रणाली अपनाउने भन्ने विषय अब महाधिवेशनले नै टुङ्गो लगाउँछ । यद्यपि महासचिव प्रणालीमा जाने सम्भावना बढी देखिन्छ ।’
महाधिवेशनले महासचिव प्रणालीमा जाने निर्णय गरे स्थायी समिति, पोलिटब्युरो समिति र केन्द्रीय समिति रहने सिंहले जानकारी दिए । उनका अनुसार अध्यक्ष प्रणालीमा गए अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव लगायत बहुपदीय संरचना हुनेछ । बहुपदीय प्रणालीमा गए पनि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति हुने उनले बताए ।
महाधिवेशन मङ्सिर १० देखि २२ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । बन्द सत्रमा करिब पाँच सय प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । केही जिल्लाबाहेक सबै जिल्ला सम्पन्न भइसकेको छ । महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको सिंहले बताए ।
यही वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मसालबाट चोइटिएको सन्तबहादुर नेपाली समूहबिच पार्टी एकता भएपछि महाधिवेशन हुन लागेको हो । त्यसअघि २०८० साल वैशाख १८ गते विप्लव नेतृत्वको नेकपाबाट अलग भएको धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग एकता भएको थियो । तर संयोजक मोहन वैद्यको विचारप्रति असहमति जनाउँदै साउन १ गते बास्तोला समूह एकता महाधिवेशनमा सहभागी नहुने भन्दै अलग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण