भ्रष्टाचारी डराउने गरी ऐन नबनाएसम्म प्रभावकारी अनुसन्धान हुँदैन : सांसद अधिकारी
सोमबार, १२ कात्तिक २०८१, १४ : ४०
काठमाडौँ । जसपा नेपालका सांसद प्रकाश अधिकारीले अख्तियारले काम गरेको विषयमा तात्त्विक सुधार नभएको बताएका छन् । उनले भ्रष्टाचारी डराउने गरी ऐन बनाएसम्म प्रभावकारी अनुसन्धान नहुने समेत बताए ।
सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले भने, ‘अख्तियारले काम गरेको विषयमा तात्त्विक सुधार भएको छैन । भ्रष्टाचार गर्नै डराउने गरी ऐन बनाएन भने काम हुँदैन । ऐन पहिला पनि थियो तर छिद्र प्रयोग भयो । त्यसकारण निर्मम भएर यो ऐन बन्नुपर्छ ।’
उनले बयान लिन समय लम्ब्याइएको विषयमा समेत सुधार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘ हिरासतमा राखेर बयान लिन ६० दिन लाग्छ ? यसमा पनि सोचौँ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण