कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ : मन्त्री अधिकारी

नेपालगन्ज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरिब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले कृषि वैज्ञानिक र प्राविधिकहरूलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे । ‘कृषि वैज्ञानिक र प्राविधिकहरू कृषि कर्म गर्नेहरूका अभिभावक हो, त्यसैले उहाँहरूसँग निरन्तर साक्षात्कार गर्नुस्,’ उनले भने, ‘कृषि सुधार्न तपाईँहरूको अहम् भूमिका छ ।’
मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुधार गर्न प्रयत्न भइरहेको बताए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्विकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने