साफ महिला च्याम्पियनसिप : फाइनलको टिकट एन्फा आफैले बिक्री गर्ने
मङ्गलबार, १३ कात्तिक २०८१, १७ : २६
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको टिकट बिक्रीको व्यवस्था अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले मिलाउने भएको छ । एन्फाका अनुसार, फाइनका लागि बुधबार बिहान तीन स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाइने छ ।
एन्फाले बुधबार बिहानदेखि नै टिकट बिक्रीको व्यवस्था मिलाउने जनाएको छ । एन्फाका अनुसार, जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीस्थिति आर्मी मुख्यालयको गेट बाहिर टिकट विक्री गरिने छ ।
एन्फाले साधारणतर्फ ११ हजार र भीआइपी एक हजार मात्र टिकट विक्री गरिने बताएको छ । साधारणतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार रुपैयाँ टिकट दर तोकिएको छ । फाइनल खेल नेपाल र बंगलादेशबिच खेलिने छ । खेल बुधबार साँझ १८ः३० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण