लुकाकुको गोलसँगै ‘लिग लिडर’ नापोलीले एसी मिलानलाई हरायो
काठमाडौँ । इटालियन सिरिए फुटबलमा नापोलीले निकटतम प्रतिद्वन्द्वी इन्टर मिलानसँग सात अंकको स्पष्ट अग्रता हासिल गरेको छ । सिरिएको आफ्नो पछिल्लो खेलमा नापोलीले बलियो प्रतिद्वन्द्वी एसी मिलानलाई २–० गोलले हरायो ।
नापोलीले दुबै गोल पहिलो हाफमै गरेको थियो । खेल सुरु भएको पाँचौँ मिनेटमै अनुभवी बेल्जियन स्ट्राइकर रोमेल लुकाकुले नापोलीका लागि पहिलो गोल गरेका थिए । इन्टर मिलानका पूर्वखेलाडी लुकाकु यसै सिजन नापोलीमा आबद्ध भएका हुन् ।
सान सिरोमा खेलिएको उक्त खेलमा नापोलीका लागि दोस्रो गोल निर्धारित समयको ४३औँ मिनेटमा जर्जियन खेलाडी ख्विचा क्वाटर्सखेलियाले दोस्रो गोल थपेका थिए । खेलको दोस्रो हाफमा भने दुबै टोलीबाट गोल हुन सकेन ।
हालसम्म १० खेल खेलेको नापोली २५ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नापोलीले हालसम्म आठ खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको छ । दोस्रो स्थानमा आसिन इन्टर मिलानले नौ खेलबाट १८ अंक जोडेको छ ।
यसैगरी, नौ खेलबाट १७ अंक जोडदै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा छ । जारी सिजनको लिगमा एक खेल पनि नहार्ने युभेन्ट्स एकमात्र टोली हो । नौ खेल खेलेको एसी मिलान भने १४ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण