साफ महिला च्याम्पियनसिपको फाइनल खेल काठमाडौँ महानगरले तीन स्थानबाट प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल तीन स्थानबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)बाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिने भएको हो ।
महानगरले एक सूचनामार्फत भनेको छ –'साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले वंगालादेश विरुद्ध प्रतिस्पर्धा गर्दै छ । यो खेल हेर्न धेरै दर्शकहरूलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदै छौँ ।'
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जानुहुन फुटबल खेलप्रेमी दर्शकलाई महानगरले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण