उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेले : प्रधानमन्त्री
बुधबार, १४ कात्तिक २०८१, २० : ४१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्नेगरी हुने समेत बताएका छन् ।
‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले लेखेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
प्रधानमन्त्री आफैँ नेपाल र बंगलादेशबिचको खेल हेर्न रंगशाला पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण