नेपालभाषा मंकाः खलः,चेस उपाधि रुपेशले जिते
ललितपुर । नेपाल सम्वत् ११४५ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको तेस्रो नेपालभाषा मंकाः खलः,यल राष्ट्रब्यापी र्यापिड रेटिङ्ग बुद्धिचालको उपाधि शीर्ष वरियताका खेलाडी एफएम रुपेश जैसवालले जितेका छन् ।
ललितपुर महानगरपालिका वडा नं. ११ वाट खेलेका रुपेशले ९ चरणको खेल मध्ये ७ खेलमा जीत र २ बराबरी खेल्दै ८ अंक जोडेका हुन् । उनले स्पष्ट १ अंकको अग्रता लिँदै अपराजित रहेर नगद १० हजार आफ्नो नाम गरेका छन् ।
ललितपुरको मंकाः खलः दबू छेमा सञ्चालन भएको कडा चेस स्पर्धामा तीन जना खेलाडीले समान ७ अंक जोडेको थियो । खेल नियम डाइरेक्ट इन्काउन्टर, बुछोल्स् कट वान , कट टुका आधारमा दोस्रो हुने सौभाग्य राजन पुरीले प्राप्त गरे । उनले नगद ७ हजार हात पारे ।
राम्रो खेल प्रस्तुत गर्दै ७ अंक बनाएका थापाथली चेस पार्कका आशिष् फूँयाल तेस्रो बने भने ललितपुरका सुरोज महर्जन चौथो हुन पुगेका छन् ।
ललितपुरका ओलम्पियाड खेलाडी सिएम सजिन महर्जन ६.५ अंक जोडेर पाँचौं, आर बज्राचार्य छैटौं, पूर्व नेपाल च्याम्पियन सिएम केशब श्रेष्ठ सातौँ, युवा पुरुषोत्तम सिलवाल आठौँ, एफएम क्षितिज भण्डारीले नवौँ स्थानमा उभिन सफल भएका छन् । ललितपुरका अशोकमोहन श्रेष्ठ ६ अंक बनाउँदै दसौँ स्थानमा रहेर प्रतियोगिता सम्पन्न गरेका छन् ।
यस्तै महिला खेलाडीमा नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशी ५.५ अंक जोडेर उत्कृष्ट बनिन् । उनले ५ हजार नगद प्राप्त गरिन् भने शान्ति धिमालले ५ अंक बनाई दोस्रो र सोनी डंगोलले ४ अंक बनाई तेस्रो भइन् ।
ललितपुर जिल्लाको तर्फबाट स्थानीय उत्कृष्ट प्रथम रत्न ब्यञ्जनकार र द्वितीय सानुराज बज्राचार्य बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण