प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस
बुधबार, १४ कात्तिक २०८१, २२ : ०१

काठमाडौँ । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन्। डीआइजी गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत छन्।
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो। समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजीपी सदस्य सचिव हुन्छन्।
एआइजी किरण राणा कार्तिक १५ मा र रामदत्त जोशी कार्तिक १७ मा अवकाशमा जाँदैछन् । उनीहरुको अवकाशसँगै रिक्त हुन लागेको पदमा गुरुङ र ढकाल बढुवाका लागि सिफारिस भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री