प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस
बुधबार, १४ कात्तिक २०८१, २२ : ०१
काठमाडौँ । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन्। डीआइजी गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत छन्।
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो। समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजीपी सदस्य सचिव हुन्छन्।
एआइजी किरण राणा कार्तिक १५ मा र रामदत्त जोशी कार्तिक १७ मा अवकाशमा जाँदैछन् । उनीहरुको अवकाशसँगै रिक्त हुन लागेको पदमा गुरुङ र ढकाल बढुवाका लागि सिफारिस भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण