उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार, टोलीका प्रत्येक खेलाडीले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी, नेपाली टोलीका मुख्य प्रतिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने जानकारी राखेपका सदस्यसचिव टंकलाल घिसिङले दिए । टोलीका ब्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोले पनि जनही एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
दशरथ रंगशालामा बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोलले हराएको थियो । नेपाली टोली साफ महिला च्याम्पियनसिपको इतिहासमा छैटौँ पटक उपविजेतामा समेटिएको हो ।
अघिल्लो संस्करणको फाइनलमा पनि नेपाली टोली बंगलादेशसँगै पराजित भएको थियो । यसपटक उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले बुधबार राति नै २५ लाख रुपैयाँसहित सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण