रुसले गुगलमाथि लगायो यतिधेरै जरिवाना
मस्को । सन २०२२ देखि रुस एकैसाथ दुई मोर्चामा युद्ध लडिरहेको छ । युक्रेनसँग हतियारको साथमा प्रत्यक्ष लडिरहेको छ भने अमेरिकासँग उसको आर्थिक युद्ध चलिरहेको छ । युक्रेनसँगको युद्ध सुरु भएदेखि नै अमेरिकाले रुसमाथि एकपछि अर्को गर्दै नाकाबन्दी लगायो । यस पटक रुसले अमेरिकी कम्पनीलाई निशाना बनाएको छ । रुसले अमेरिकाको सबैभन्दा ठुलो कम्पनी गुगललाई यति ठुलो जरिवाना लगाएको छ कि त्यो रकम यो संसारमा समेत छैन । हो तपाईँले सत्य कुरा पढ्दै हुनुहुन्छ । रुसी अदालतले गुगललाई तिराएको जरिवाना रकमको जिरो गन्दा गन्दै तपाई पनि थाक्नु हुनेछ ।
रुसी अदालतले आफ्नो आदेशमा गुगललाई २ दशमलव ५ डेसिलियन डलर जरिवाना तिर्न आदेश दिएको थियो । यो रकम यति धेरै हुन्छ कि पूरै पृथ्वीभरको पैसा थुपार्दा पनि त्यस्तो रकम पुग्दैन । डेसिलियनको हिसाब गर्न अमेरिकी गिन्तीमा १ को पछाडि ३८ वटा जिरो राख्नु पर्छ । बेलायती गन्तीमा भने १ को पछाडि ६० वटा जिरो थप्नुपर्छ । सारा पृथ्वीको पैसा एक ठाउँमा थुपार्दा पनि यो रकम पुग्दैन ।
किन लगाइयो यो जरिवाना ?
रुसको आरबीसी न्यूजलाई उद्धृत गर्दै भनिएको छ कि क्रेमलिनको अदालतले सन् २०२० देखि गुगललाई दैनिक १ लाख रुबल जरिवाना लगाएको छ । रुसी सरकार समर्थित तासग्राड र आरआइए फानको युट्युब च्यानल बन्द गरेको कारण गुगललाई यो जरिवाना लगाएको हो । यति मात्र होइन, यो जरिवाना हरेक हप्ता दोब्बर हुने गरेको छ । अहिलेसम्मको जरिवाना थुप्रिएर २.५ डेसिलियन डलर भएको छ ।
अदालतले कडा निर्णय गरेको थियो
रुसी अदालतले रुसी मिडियालाई युट्युबमा आफ्नो समाचार प्रसारण गर्ने मौका नदिएकोमा गुगललाई हप्काएको छ । रुसी अदालतले आफ्नो फैसलामा अमेरिकी कम्पनी गुगलले ९ महिनाभित्र रुसी कानुनको पालना नगरे दैनिक १ लाख रुबल जरिवाना तिर्नुपर्ने बताएको थियो । जरिवानाको रकम प्रत्येक हप्ता दोब्बर हुने र जरिवाना रकमको कुनै सीमा नहुने पनि भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण