ट्रम्पले बङ्गलादेशी हिन्दुबारे के लेखे ?
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट आगामी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बङ्गलादेशमा हिन्दु र अन्य अल्पसङ्ख्यकहरूमाथि भएको हिंसाबारे एक पोस्ट लेखेका छन् ।
माइक्रोब्लगिङ वेबसाइट ‘एक्स’ मा एक पोस्टमा उनले लेखेका छन्, ‘म बङ्गलादेशमा हिन्दु, इसाई र अन्य अल्पसङ्ख्यकहरूमाथि भएको बर्बर हिंसाको कडा निन्दा गर्दछु । भीडले उनीहरूमाथि आक्रमण गरिरहेको छ, लुटपाट भइरहेको छ, जुन पूर्ण अराजकताको अवस्था हो ।’
आफ्नो पोस्टमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनलाई निशाना बनाउँदै ट्रम्पले लेखे, ‘मेरो कार्यकालमा यस्तो कहिल्यै भएको थिएन । कमला र जोले अमेरिकालगायत विश्वभरका हिन्दुहरूलाई बेवास्ता गरे । उनीहरूले इजरायलदेखि युक्रेन र हाम्रो आफ्नै दक्षिणी सिमानासम्म विनाश मच्चाएका छन्, तर हामी अमेरिकालाई फेरि बलियो बनाउनेछौँ र बल प्रयोग गरेर शान्ति फिर्ता ल्याउनेछौँ ।’
दीपावलीको शुभकामना दिँदै ट्रम्पले यी कुरा लेखेका हुन् । आफूहरूले कट्टरपन्थी वामपन्थीको धर्मविरोधी एजेन्डाबाट हिन्दु अमेरिकीहरूलाई रक्षा गर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण